बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८०, शुक्रबार

    काठमाडौ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी भएको र तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न माग गरेका छन् ।

    साथै कांग्रेसले प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गरेको छ । हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै कांग्रेसले सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ । –––