जनताको समस्या सुन्दै, समाधानको प्रयास गर्दै सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जनताको समस्या सुन्दै, समाधानको प्रयास गर्दै सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८०, बिहीबार

    काठमाडौ । बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले जनताको समस्या सुनेर समाधानको प्रयास गरेका छन् । जनतासँग नियमित सम्पर्कमा रहेका श्रेष्ठले निर्वाचन क्षेत्रका वासिन्दाको समस्या समाधानमा निरन्तर चासो दिइरहेका छन् ।

    उनले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीस्थित साखः स्टीलमा कार्यरत कामदारको समस्या समाधानमा पहल गरेका छन् । उनले भने, ‘उहाँहरुले उक्त स्टील उद्योगमा भोगेका समस्याहरु सुनेँ । जो तत्काल समाधान गर्नुपर्ने समस्या थिए । तत्कालै वीरगञ्ज श्रम कार्यालयका प्रमुखलाई सम्पर्क गरी मजदुर र उक्त उद्योग भित्रका समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेँ ।’

    उद्योग बलियो बनाउने मजदुरले भएको भन्दै उनले मजदूरमाथि नै समस्याको चाङ थोपरिनु आफैँमा लज्जाजनक विषय भएको उल्लेख गरे ।