दाङ । दाङको राप्ति गाउँपालिका-१ स्थित राप्ती पुलबाट बस खसेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको इलाका प्रहरी कार्यालय भालुबाङको सञ्चार शाखाले जनाएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली खटिएको छ । बसमा ३०/३५ जना सवार रहेको अनुमान प्रहरीको छ ।