जेसीआई भानु बन्दीपुरको अध्यक्षमा रविन, महासचिवमा सन्देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    जेसीआई भानु बन्दीपुरको अध्यक्षमा रविन, महासचिवमा सन्देश

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०८०, शनिबार

    दमौली । जेसीआई भानु बन्दीपुरको वर्ष २०२४ को अध्यक्षमा रविन अधिकारी चयन भएका छन् । तेस्रो साधारण सभा तथा दोस्रो शाखा अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।

    कार्यकारीणी उपाध्यक्षमा अनमोल पिया र सुशील न्यौपाने, उपाध्यक्षमा अनुज पण्डित, रोहित विश्वकर्मा, क्रान्ति थापा मगर र सुधा विष्ट सर्वसम्मत चयन भएका छन्।

    महासचिवमा सन्देश आचार्य र कोषाध्यक्षमा दिवस बोहोरा मनोनित भएका छन् ।