प्रधानमन्त्री कप क्रिकेट : उद्घाटन खेलमा लुम्बिनी चार विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप क्रिकेट : उद्घाटन खेलमा लुम्बिनी चार विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०८०, शनिबार

    काठमाडाै । शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजय हासिल गरेको छ। भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले विजयी सुरुवात गरेको हो।

    टस  जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ३४.४ बलमै सबै विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो। एक सय १२ रनको लक्ष्य पाएको लुम्बिनीले चार विकेट बाँकी छँदै लक्ष्य पूरा गर्‍यो।

    गण्डकी प्रदेशका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण अहिर १९ तथा समीर खड्का र अमृत गुरुङले समान १३–१३ रन बनाए। बलिङमा लुम्बिनीका अजय चौहानले पाँच, मोहम्मद हुसेनले दुई तथा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले समान एक–एक विकेट लिए।

    जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। उसको जितमा मिर्नाल गुरुङले ४७, मोहम्मद हुसेनले २१ र विराट भण्डारीले १० रन जोडे। बलिङतर्फ गण्डकीका विपिन खत्री र कमल परियारले समान तीन–तीन विकेट लिए।