दमौली । नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेललाई मातृशोक परेको छ । कंडेलकी आमा प्रेमकुमारी कंडेलको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
उनको देवघाट गाउँपालिका-५ कालीमाटीस्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनको आइतबार नै देवघाटस्थित वेणीसंगममा अन्तिम संस्कार गरिएको छ ।