दमाैली । नेपाल मगर सङ्घ व्यास नगर समितिकाे आयाेजनामा साेमबार दमाैलीमा माघे सङ्क्रान्ति मनाइएकाे छ । व्यास नगरपालिकाभित्रका १४ वटै वडाबाट उपस्थित भएका मगर समुदायले माघे सङ्क्रान्ति विविध कार्यक्रम सहित मनाएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आलेले भाषा, कला र संस्कृतिको सम्मान गर्नुपर्ने बताए । लोकसंस्कृतिलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रमलाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिँदै मन्त्री आलेले त्यसका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मगर समुदायको संस्कृति संरक्षणका लागि नगरपालिका साथमै रहेको बताए।
माघे सङ्क्रान्ति मेलाको अवसरमा मगर सङ्घसँग आबद्ध सङ्घसंस्थाले सांस्कृतिक झाँकी, नृत्य प्रस्तुत गरेका थिए ।