माननीय स्वर्णिम वाग्लेलाई खुलापत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    माननीय स्वर्णिम वाग्लेलाई खुलापत्र

    आरके पोख्रेल

    ६ माघ २०८०, शनिबार

    माननीय स्वर्णिम वाग्ले ज्यु
    गोरु बेचेको साईनो नभएको जिल्ला बासिको तर्फबाट नमस्कार ?
    नेपाली जनताको निकै लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र नेपालको माननीय हुनुभएकोमा लोकतन्त्रको सुन्दर पक्षको एक सिपाहीको तर्फबाट हार्दिक बधाई । हावा हुरि आउँदा पात पतिङ्गर पनि हावा झोक्का संगै उडेर जाने गर्दछन कहिलेकाही हावा सदैभ यसैगरी उहीँ दिशामा बग्न सक्छ भन्ने भ्रम हुन पनि सक्छ तर गणतन्त्र ल्याउन शहादत प्राप्त गर्ने, लडाइँ लड्ने जसका कारण संविधान निर्माण भयो र आज सोही संविधान अनुरुप तपाईं निर्वाचित हुनु भो भन्ने बिज्ञ तपाईंलाई सम्झाउन पक्कै पर्दैन ? आज योजना विज्ञको रुपमा परिचित तपाईं उहि पुरानै ताण्डब जस्तै देशको बारेमा,योजनाको बारेमा बोल्नुभएको छ कि पुरानै दलको विरुद्धमा जसरी भोट बटेल्नु भएको थियो उसै गरि बोल्दै हुनुहुन्छ ?

    तपाईका दलका दिग्गजहरु सहकारी काण्डमा मुसिएको खबर थाहा पाउनु भएको छ कि अनभिज्ञ नै हुनुहुन्छ ? कि जान्नेलाई छान्ने दलहरुले बोल्नु हुँदैन ? आकाशमा उड्ने पँक्षीले आकाशै मेरो हो भन्नू भ्रम होला नि माननीय ज्यु ? पद भन्दा मरिगएका पुराना दलहरु भन्नेहरू तपाईंहरुलाई पद त चाहिदैन नि हगि ? हिजो राजनीतिमा सिन्को नभॉच्ने हामीले सडकमा मसाल बोक्दा नेताको दाबेदारी कै भरमा राम्रो राम्रो ठाउँमा जागिर खाने गणतन्त्रका पक्षमा बोल्दा कथित बिश्लेशक बनेर बस्नेहरुले तनहुँमा शहिद निकाल्ने जिल्ला,गोरु बेचेको साइनो छैन भन्ने अनि तनहुँ बाटै निर्वाचित बनेको आडम्बरी उदाहरण दिने ?

    व्यवस्था परिवर्तनका लागि लड्नेहरुको,सहादत प्राप्त गर्नेहरुको अपमान गर्ने छुट अवसरबादी चरित्र बोक्ने माननीय भन्नेहरुलाई छैन ? लाज लजाउने काम बन्द गरौं । विषयमा विज्ञ होलान् तर राजनीतिमा, सामाजिक आन्दोलनमा,समाज परिवर्तनमा हामिले जति भुमिका नखेल्नेहरु तनहुँमा आएर फुर्ति लगाउने ? यो व्यबस्था परिवर्तनको निम्ति गणतन्त्र प्राप्तिको आन्दोलनमा हामी मसाल बोकेर सडक उभिदां कहाँ थिए ? कांग्रेसको सिफारिस लिएर जागिर खानमा व्यस्तहरुले अनौठो भाषाको प्रयोग किन ? होलान् नेपाली कांग्रेससंग,माओवादी केन्द्रसंग अनि रामचन्द्र पौडेल संग पनि म र मेरो पार्टीको हजारौं बिमती छन् रहन्छन् पनि तर पौडेल गणतन्त्र नेपालको राष्ट्रपति हुन् यो व्यबस्था ल्याउन परिवर्तनको पक्षमा थिए गणतन्त्रको पक्षको लडाइँ लडदै गर्दा सयौं शहिद बने,हजारौं बेपत्ता बने हजारौं हालसम्म घाइते पनि छन् नेपाली जनताको ७० बर्ष लामो लडाइँलाई तिलान्जली दिन खोज्ने कथित कार्य बन्द गरौँ ? अरुको संमान गर्न नसक्ने ? ईतिहासको संमान गर्न नसक्ने ? तनहुँका जनताको संमान गर्न नसक्नेहरु कसरी जनप्रतिनिधि हुन्छन् ? छ जवाफ ? डा. वाग्ले हाम्रो, हो उहाँ हाम्रो माननीय, उप निर्वाचनमा हामीले हाम्रो दलले चुनाब हारेकै हो हामीले स्विकारेका छौ तर हामीले राजनीति हारेका हैनौं ख्याल गरौं बौद्धिकवाला माननीय ज्यु ।

    तनहुँका जनतालाई तनहुँको मतलाई लिलामी गर्न नखोज्नु ईतिहासले धिक्कार्ला ? जागिरबाट रिटायर भएर समाजमा काम गर्ने बेला संसदको लोगो लगाउने रहरले नयाँ नयाँ क्लबको जन्म भए जस्तो होइन तनहुँ जिल्ला । हेक्का रहोस् महाभारतमा जस्तै कहिलेकाहीं शाशन सत्ता दुर्योधनको हातमा पनि पुग्न सक्छ ? सकुनिहरु सल्लाहकार पनि हुन सक्छन् ,सत्य जान्दा जान्दै पनि भिस्मपिता जस्तै बोल्न नसक्ने भए जस्तै तनहुँका जनतालाई देखाएर राजनीतिको नाममा व्यापार गर्ने कार्य बन्द गरौं ? तनहुँका जनतालाई संसदको लोगो देखाएर तर्साउन खोज्नु मुर्खता हो ? समयले उत्तर दिनेछ ।