तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा वैकुण्ठ, वरिष्ठ उपाध्यक्षमा इमकुमार निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा वैकुण्ठ, वरिष्ठ उपाध्यक्षमा इमकुमार निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८०, शनिबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेकामा मिश्र सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल निर्वाचित भएका छन् । अध्यक्षमा मिश्र र मल्लको उम्मेदवारी परेको थियो । मल्लले अध्यक्षबाट उम्मेदवारी फिर्ता गरेर वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुबोध अधिकारीले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

    अध्यक्षमा निर्वाचित मिश्र अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । त्यस्तै मल्ल अघिल्लो अधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ राकुको उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए।

    द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भिमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ ।

    अन्य पदहरुमा पनि सर्वसम्मतको पहल थालिएको छ ।