तनहुँको देवघाट वैदीमा मिनी ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको देवघाट वैदीमा मिनी ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०८०, सोमबार

    दमौली । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा आइतबार राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।

    दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालक भने फरार रहेको खोजी कार्य भइरहेको उनले बताए ।

    ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा सोमबार बिहान २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।