दमाैली । व्यास नगरपालिका- ३ देउराली नगरमा शुक्रबारदेखि जारी प्रथम नमस्ते देउराली कपको खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल भोलि बुधबार हुने भएको छ ।
प्रतियोगिताको क्वाटर फाइनलमा भोलि नै पहिलो खेल घिरिङ किटिया र शुक्लागण्डकी-१२ बाबिया बीच तथा दोस्राे ऋषिङ समाज भिरकोट तथा ऋषिङ समाज ऋषिङ-६ बीच प्रतिस्पर्धा हुनेछ । दुवै विजयी टिमबीच फाइनल हुने खेल संयाेजक आनन्द आलेले जानकारी दिए।
नक आउट नियममा खेलाइएको प्रतियोगितामा ३५ टिमको सहभागिता र दर्शकको पनि उल्लेख सहभागिताले उत्साही बनाएको आयोजक क्लबका अध्यक्ष तील बहादुर थापाले बताए । १०८ फुटको ब्यास प्रतिमा निर्माणस्थलमा प्रतियोगिता आयोजना गरि एक साथ दुई सन्देश दिन खोजिएको भन्दै क्लबका सल्लाहकार रविन पौडेलले व्यास क्षेत्र नेतृत्वको प्राथमिकतामा नपर्नु बिडम्बना भएको बताए ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।