साताै व्यास अल्ट्रा म्याराथनकाे तयारी, विजेताले ८५ हजार ८० पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    साताै व्यास अल्ट्रा म्याराथनकाे तयारी, विजेताले ८५ हजार ८० पाउने

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८०, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाका दुई पर्यटकीय गाउँको पर्यटन प्रबद्र्धनका लागि सातौ व्यास नगर अल्ट्रा म्याराथनको तयारी गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा आगामी माघ १६ गते सहिद दिवसको अवसर पारी म्याराथनको आयोजना गरिएको हो ।

    व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित नगरपालिकाले विगत सात वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोड्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

    न्यौपानेले भने, “पर्यटकीय गाउँ मानुङ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनले त्यस ठाउँको प्रबद्र्धन भएको विश्वास गरेका छौ ।”

    अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन चाहने धावकले माघ १५ गतेसम्म नाम दर्ता गराउन सक्ने खेलकुद समितिका संयाेजक एव‌ वडाध्यक्ष सुरेश थापाले जानकारी दिए ।

    व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।