नेपाल प्रहरी श्रीमती सङ्घको स्वास्थ्य शिविरमा पाँच सय लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल प्रहरी श्रीमती सङ्घको स्वास्थ्य शिविरमा पाँच सय लाभान्वित

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८०, मंगलवार

    दमाैली । नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा तनहुँको देवघाटमा आज सम्पन्न स्वास्थ्य शिविरबाट करिब पाँच सय सर्वसाधारण लाभान्वित भएका छन् ।

    चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा देवघाट गाउँपालिका–५ धर्मार्थ अस्पतालमा आयोजित शिविरमा चार सय ९० जनाले सेवा लिएका हुन् ।

    शिविरमा चितवन मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुद्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्रीरोग, इसिजी, युएसजि, हार्डजोर्नी र थेरापी सम्बन्धी सेवा प्रदान गरिएको नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुंवरले जानकारी दिइन्।

    सोही अवसरमा देवघाट गाउँपालिका–५ स्थित देवघाट समाजकल्याण केन्द्र वृद्धाश्रम, गलेश्वर आश्रम, हरिहर आश्रम र महेश आश्रममा रहनुभएका एक सय ९० वृद्धवृद्धालाई कम्मल वितरण गरिएको थियो ।

    कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घ गण्डकी प्रदेश अध्यक्ष कमला खनाल, तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट, गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।