चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन प्राप्त बजेटको सदुपयोग गर्न राष्ट्रपति पौडेलको सुझाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन प्राप्त बजेटको सदुपयोग गर्न राष्ट्रपति पौडेलको सुझाव

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८०, शनिबार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालााई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरी काम गर्नुपर्ने बताएका छन् ।

    भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारीहरुसँगको शनिबार यहाँ भएको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरुप प्राप्त बजेटको सदुपयोग गर्न उनीहरुलाई सुझाव दिएका हुन् ।

    उनले भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव दिए ।

    नेपाल सरकार मन्त्रिपरिषदको केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाहरुको शालिक निर्माण र आवश्यक साहित्यसंस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई सशर्त पाँच करोड रुपैया बजेट दिने निर्णय गरेको थियो ।

    सो अवसरमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा विशेष आभार व्यक्त गर्दै उनको प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने बताए ।

    सो अवसरमा उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिए । सो अवसरमा सहभागीहरुले संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय सरोकारवाला सक्रियतामा चुँदी रम्घालाई देश विदेशका साहित्य साधकहरुको गन्तव्य र साधना केन्द्र बनाउन काम गर्न सुझाव दिएका हुन् ।