दमौली । तनहुँ उद्योग वाणिज्य संघले महासचिव, सचिव, सहकोषाध्यक्ष र महिला सदस्य मनोनित गरेको छ । संघको शनिबार बसेको पहिलो बैठकले महासचिवमा सुबोध अधिकारीलाई मनोनित गरेको छ । अधिकारी यसअघि पनि महासचिव थिए ।
त्यस्तै सचिवमा शिवओम मल्ल, सहकोषाध्यक्षमा प्रकाशचन्द्र हड्खले र महिला सदस्यमा शकुन्तला आलेलाई मनोनित गरिएको छ।
सचिवमा मनोनित मल्लले द्वितीय उपाध्यक्षबाट उम्मेदवारी फिर्ता गरेका थिए । त्यस्तै सहकोषाध्यक्षमा मनोनित हड्खलेले कोषाध्यक्षबाट उम्मेदवारी फिर्ता गरेका थिए । महिला सदस्यमा मनोनित आले द्वितीय उपाध्यक्षको आकांक्षी थिइन् ।
योसँगै संघको कार्यसमितिले पूर्णता पाएको छ । आठ वटा पदाधिकारीमा महिलाको प्रतिनिधित्व शुन्य भएको छ ।