भानुका मेयरमाथि आक्रमण भएको सत्य होइन : सचिवालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका मेयरमाथि आक्रमण भएको सत्य होइन : सचिवालय

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८०, आईतवार

    दमौली । भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीमाथि पोखरामा एक प्रदेश सांसदले आक्रमण गरेको हल्ला फैलिएपछि सचिवालयले विज्ञप्ती जारी गरेको ध्यानाकर्षण भएको जनाएको छ ।

    नगरप्रमुख त्रिपाठीको सचिवालयले निकालेको विज्ञप्तीमा त्रिपाठीलाई लक्षित गरी सत्यता नभएको तथ्यहिन, भ्रामक एवं कपोकल्पित मनगढन्ते अफवाह फैलाइएको उल्लेख गरिएको छ ।

    विज्ञप्तीमा मनगढन्ते अफवाह फैलाएको प्रति खेद प्रकट गर्दै यस प्रकारको हल्लाको पछि नलाग्न आग्रह गरिएको छ । ‘उहॉ भानु जन्मस्थलको गुरुयोजना, जग्गा अधिग्रहण तथा श्रष्टाहरुको शालिक निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मन्त्रीपरिषदको निर्णय बमोजिम विनियोजित रकम रु ५ करोडका लागि धन्यवाद तथा भानु जन्मस्थल, थानीमाई मोटरमार्ग एवं अन्य मोटर मार्गको स्तरोन्नित पहलको लागि राष्ट्रपति कार्यालयमा भेटघाटमा काठमाडौ जानुभएको छ ।’

    राष्ट्रियसभा सदस्य निर्वाचनको दिन पोखराको एक होटलमा प्रदेश सभा सदस्यसँगको विवादमा उनीमाथि हातपात भएको चर्चा चलेको थियो ।