दमौली । व्यास नगरपालिकाको आयोजनामा सहिद दिवसको अवसरमा मंगलबार अल्ट्रा म्याराथन आयोजना गरिएको छ। व्यास-५ मानुङकोटदेखि व्यास-८ पुलिमराङसम्म ४४ किमि दूरी सातौ अल्ट्रा म्याराथनमा दुई विदेशी सहित ११७ धावकको सहभागिता छ ।
म्याराथनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उदघाटन गरे ।