दमौली । नेपाली कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियान व्यास नगरपालिका-१३ पोखरीभन्ज्याङमा शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघ पूर्व महामन्त्री दिपक भट्टराईको उपस्थितिमा उक्त अभियान शुभारम्भ भएके हो ।
त्यस अवसरमा भट्टराईले अभियानका बारेमा जानकारी गराएका थिए ।
उनले ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने बताए । नेताको नभई जनताका कुरा सुन्नका लागि अभियान सुरु गरिएको भट्टराईले बताए ।
गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो। उनले भने, ‘काग्रेसले समुदायको कुरा सुनेर केही नयॉ कुरा बोल्न खोजेको छ। अबको काँग्रेसको मुद्दा निसन्देह समुदायका समस्या हुन् । समुदाय समस्या समाधान गरि काँग्रेस शक्तिशाली भएर आउँछ ।’