दमाैली । तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेको नेतृत्वमा घुमाउने पुल र सडक स्तरोन्नतिमा दबाब यात्रा हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको तालिका अनुसार वाग्लेको नेतृत्वमा वाग्लेको नेतृत्वमा घुमाउने पुल र सडक स्तरोन्नतिका लागि दबाब यात्रा हुने भएको छ । रास्वपाले देशभरका विभिन्न आयोजनामा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सांसद एवं पार्टीका पदाधिकारीको सहभागितामा दबाब यात्रा गर्ने निर्णय गरेको हो ।
तनहुँमा वाग्लेको नेतृत्वमा हुने दबाबयात्रामा केन्द्रीय सदस्यहरु प्रभात अधिकारी, हरिप्रसाद भट्टको सहभागिता रहनेछ ।
पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग अन्तर्गत पर्ने घुमाउनेमा पक्की पुल निर्माणमा ढिलाइ भएको छ । दश वर्ष अगाडी ठेक्का लागेको उक्त पुलको हालसम्म पिल्लर ठड्याउने काम मात्रै भएको छ ।
त्यस्तै बुद्धसिंह मार्गको स्तरोन्नतिका लागि हाल सोढेंमा नाली निर्माणको काम भइरहेको छ ।