दमौली । नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दलका केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठले नेपाली कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताका छन्।
उनले यस अभियानबाट जागरण र परिवर्तन आउनेमा विश्वास व्यक्त गरे । व्यास नगरपालिका-६ शिशाघाटमा शनिबार आयोजित अभियान शुभारम्भ कार्यक्रममा श्रेष्ठले कांग्रेसको यो अभियान जनतासँगको अभियान भएको बताए ।
उनले अभियानका क्रममा जनताका गुनासो सुनिने उल्लेख गरे । जनताका गुनासालाई पार्टी जिल्ला नेतृत्वसमक्ष पुर्याउने उनको भनाई थियो ।