दमौली । व्यास नगरपालिका-४ निवासी युवा अभियान्ता सुदिप गफ्फारले व्यास नगरपालिकाभित्रका विद्यालय र क्याम्पसका शौचाल अनुगमन तथा व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
लियो क्लव अफ तनहुँका निवर्तमान अध्यक्ष उनले आइतबार नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन पराजुलीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
विद्यालय तथा क्याम्पसका शौचालयको अवस्था नाजुक रहेकाले नगरपालिकाको ध्यानाकर्षण गराएको उनले बताए । उनले भने, ‘कतिपय विद्यालयमा शौचालयमा पानी छैन, दुर्गन्ध छ । विद्यार्थीलाई निकै समस्या रहेको छ । नगरपालिकालाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको हूँ ।’
उनले जिल्लाका दशवटै पालिकामा यस विषयमा ध्यानाकर्षण गराउने उल्लेख गरे । उनले भने, ‘कतिपयमा चुकुल पनि छैन, कति पानी छैन । शौचालयमा सरसफाई छैन ।’