‘छविचन्द्र ढकाल’ स्मृतिग्रन्थ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘छविचन्द्र ढकाल’ स्मृतिग्रन्थ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २० माघ २०८०, आईतवार

    काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर सम्लगन रहेका छविचन्द्र ढकालको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ आज सार्वजनिक गरिएको छ ।

    छविचन्द्र ढकाल स्मृति ग्रन्थ प्रकाशन समूहले आज यहाँ एक कार्यक्रम आयोजना गरी स्मृतिग्रन्थ सार्वजनिक गरेको हो । तनहुँ चुँदी सिम्पानीमा २००५ साल असोज १५ गते जन्मिएका ढकाल लामो समय शिक्षक तथा विसं २०३७÷३८ को ऐतिहासिक शिक्षक आन्दोलनमा सम्लग्न रही जेल जीवन व्यतित गरेका थिए ।

    उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता थिए । ढकालको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ नेकपा मालेका महासचिव सिपी मैनाली, तथा नेकपा एमालेका नेता वाचस्पति देवकोटाले सार्वजनिक गरेका थिए ।