अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि दमौली पब्लिकलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि दमौली पब्लिकलाई

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०८०, शुक्रबार

    दमौली । नेशनल प्याब्सन तनहँुले आयोजना गरेको अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि दमौली पब्लिक बोर्डिङ स्कूलले जितेको छ । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आज आयोजित प्रतियोगितामा २१ विद्यालयलाई पछाडि पार्दै दमौली पब्लिकले उपाधि जितेको हो । कूल दुई सय पूर्णाङ्कमध्ये दमौली पब्लिकले एक सय ५० दशमलब पाँच अङ्क प्राप्त गरेको छ ।

    प्रतियोगितामा लालीगुराँस विद्या सागर दोस्रो भएको छ । लालीगुराँसले एक सय ५० अङ्क प्राप्त गरेको छ । त्यस्तै इन्द्रेणी स्काई बोर्डिङ स्कूल तृतीय भएको छ । उसले एक सय ४४ अङ्क प्राप्त गरेको छ।

    आदर्श विद्यागृह, तनहुँ ज्ञानगङ्गा र तारापुञ्ज बोर्डिङ स्कूल सान्त्वना भएका छन् । ती विद्यालयले क्रमशः एक सय ४३, एक सय ४२ र एक सय ३४ अङ्क प्राप्त गरेको प्रतियोगिता संयोजक जयराम अधिकारीले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पाठ्यक्रम मात्रै नभई सबै पक्षको ज्ञान लिनुपर्ने बताउँदै नृत्य प्रतियोगिताले अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सहयोग पुग्ने बताए । शिक्षा विकास समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेलले पढाईका अलावा विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए ।

    एनप्याब्सन तनहुँका अध्यक्ष विशेश्वर खनालले विद्यार्थीमा निहीत प्रतिभा प्रस्फूटनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।