व्यास-२ का महिलालाई तनाव व्यवस्थापन तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास-२ का महिलालाई तनाव व्यवस्थापन तालिम

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०८०, आईतवार

    दमौली । व्यास नगरपालिका-२ का महिलालाई तनाव व्यवस्थापन तालिम प्रदान गरिएको छ। महिला वडा समन्वय समितिको आयोजना र वडा कार्यालयको सहयोगमा वडाभित्रका महिलालाई तनाव व्यवस्थापन तालिम प्रदान गरिएको हो ।

    तालिममा १७ टोलबाट तीन/तीन जना महिलाको सहभागिता रहेको थियो ।

    तालिममा प्रतापसिंह गुरुङ, लक्ष्मी तामाङ र लुना रानाले सहजीकरण गरेका थिए ।

    सो कार्यक्रममा वडाध्यक्ष काशीराम श्रेष्ठ, सदस्यहरु रफत साना मियॉ, सविता रसाइली, सुरेश वाग्ले लगायतले बोलेका थिए ।