दमाैली । युवा अभियान्ता महम्मद गफ्फारले दमौली अस्पतालका लागि आवश्यक औषधि खरिदका लागि ध्यानाकर्षण गराएका छन् । उनले मङ्गलबार अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई ज्ञापनपत्र बुझाउँदै अस्पतालका लागि आवश्यक औषधि खरिदमा ढिलाइ नगर्न आग्रह गरेका हुन् ।
डा. बरालले एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा औषधि खरिद गर्ने सन्दर्भमा आफूलाई धम्की आउने गरेको उल्लेख गरेका थिए ।
गफ्फारले अस्पतालमा औषधि जस्तो महत्वपूर्ण कुराको अभाव हुनु, औषधि खरिद प्रक्रियामा रोकतोक गर्नु जस्ता कार्यले नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको उल्लेख गरेका छन् । कसैको डर, त्रास र धम्कीको वास्ता नगरी औषधि उपलब्ध गराउन उनले माग गरेका छन् ।