६/६ किलो सुनचॉदी र ६३ लाख नगद सहित पोखरामा एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ६/६ किलो सुनचॉदी र ६३ लाख नगद सहित पोखरामा एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८०, बुधबार

    पोखरा । कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।

    प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरेको हो।

    भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।

    उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो।

    मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

    मंगलबार साँझ प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।

    एसपी थापाका अनुसार सुरजितबाट सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन बरामद भएको छ।

    ६ किलो चाँदी पनि बरामद भएको छ।

    त्यस्तै ६२ लाख ८१ हजार रूपैयाँ नगद पनि प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो।

    एउटा मोबाइल, आधारकार्ड, १३ वटा चेक, दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएका छन्।

    सुरजितमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाउने प्रहरीको तयारी छ।