एमाले धादिङ अध्यक्षमा भूमि त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले धादिङ अध्यक्षमा भूमि त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८०, बिहीबार

    धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    अध्यक्षका लागि प्रतिस्पर्धामा रहनुभएका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित भए । त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो ।

    एक सय पाँच सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित भएको जनाइएको छ ।