शुक्लागण्डकीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८०, शुक्रबार

    दमाैली । तनहुँको शुक्लागण्डकी–११ कालीकोटमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय सोमबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग १ त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा ट्याक्टरमा सवार परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।