काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वैदिक सनातन हिन्दुराष्ट्रको अभियानलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् । कांग्रेसको सोमबारदेखि सुरु भएको महासमिति बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेपालको विशिष्ट पहिचान हिन्दुराष्ट्र भएकाले यसलाई लिएर जानुपर्ने उनको भनाइ थियो ।
भण्डारीले अहिलेको जनचासोको विषय वैदित सनातन हिन्दुराष्ट्र भएकाले कांग्रेसले यसलाई बिर्सन नमिल्ने उल्लेख गरे । कांग्रेसले यो विषयलाई मूल विषयको रुपमा लिएर जान नसके अन्य शक्तिले यसलाई नेतृत्व गर्ने अवस्था आउने उनको भनाई छ । उनले भने,’त्यस्तो हुँदा कांग्रेसलाई ठूलो क्षति हुनेछ । यो विषयमा गम्भीर हुँदै महासमिति सदस्यहरुले छलफल गर्नुपर्छ । समभावका साथ वैदिक सनातन हिन्दुराष्ट्र बनाउने अभियानमा सबैको साथ चाहिएको छ ।’