दमौली । तनहुँको ऑबुखैरेनीमा फागुन १० गतेदेखि आयोजना हुने ऑबुखैरेनी महोत्सवको पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले उदघाटन गर्ने भएका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ ऑबुखैरेनी इकाईको आयोजनामा हुने महोत्सवको पूर्वमन्त्री एवं बारा-४ का सांसद श्रेष्ठले उदघाटन गर्ने भएका हुन ।
ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलको प्रचारप्रसार गर्ने उद्धेश्य सहित महोत्सव आयोजना गरिएको इकाई सभापति भगवान श्रेष्ठले जानकारी दिए ।