पोखराको बालसुधार गृहमा झडप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखराको बालसुधार गृहमा झडप

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८०, मंगलवार

    काठमाडौं । पोखराको बालसुधार गृहमा सोमबार राति झडप भएको छ ।पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् ।

    ‘हिजो राति १० बजेतिर खाना खाने लाइन लाग्ने क्रममा विवाद भएको थियो । घाइतेहरुलाई मणिपालमा उपचारपश्चात डिस्चार्ज भइसकेका छन्,’ प्रहरी स्रोतले भन्यो ।

    उनीहरुलाई उपचारपश्चात सुधार गृहमा लगिसकिएको छ ।हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ । कम उमेर हुँदा राखिएकाहरु १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको जानकारहरु बताउँछन् ।