तनहुँ समाज हङकङद्वारा विद्यार्थीलाई भलिबल पोशाक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ समाज हङकङद्वारा विद्यार्थीलाई भलिबल पोशाक सहयोग

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८०, मंगलवार

    दमाैली । तनहुँ समाज हङकङले जिल्लाका दुई माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भलिबल पोशाक सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतस्थित हंशवाहिनी मावि र वडा नम्बर १ नयाँगाउँ तलीपोखरीस्थित अमरज्योति माविका भलिबल विद्यार्थी टिमलाई पोशाक सहयोग गरेको हो ।

    दुवै विद्यालयका सात÷सात जना पुरुष र सात÷सात जना महिला भलिबल खेलाडी गरी कूल २८ जनालाई २० हजार मूल्य बराबरको पोशाक सहयोग गरिएको समाजका पूर्व अध्यक्ष जंगबहादुर थापाले जानकारी दिए ।

    हंशवाहिनी मावि प्रांगणमा मंगलबार आयोजित कार्यक्रममा पोशाक हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले तनहुँ समाज हङकङ विद्यार्थीको शारीरिक विकासका लागि प्रतिबद्ध रहेको बताए । सो अवसरमा हंशवाहिनी माविका प्रधानाध्यापक कविराज खनाल र अमरज्योति माविका प्रधानाध्यापक ओमकारराज खनालले समाजले खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई सहयोग गरेकोमा समाजप्रति सराहना व्यक्त गरेका थिए ।