प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा तनहुँकी नम्रताले जितिन् स्वर्ण पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा तनहुँकी नम्रताले जितिन् स्वर्ण पदक

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८०, शुक्रबार

    दमौली । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन खेलमा तनहुँकी नम्रता गुरुङले स्वर्ण पदक जितेकी छन् । नवलपुरमा शुक्रबारदेखि सुरु एथलेटिक्सतर्फ गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

    जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेका अनुसार १५०० मिटर दौडमा गुरुङले स्वर्ण पदक जितेकी हुन् । गुरुङ व्यास-१ निर्मल माविमा अध्ययनरत छिन् ।

    प्रदेशस्तरीय रनिङशिल्ड प्रतियोगितामा तनहुँका ९४ खेलाडीको सहभागिता छ । प्रतियोगितामा ६ विधामा खेलाडीले सहभागिता जनाउँदैछन् ।