दमौली । व्यास नगरपालिका-४ सिमलटारमा भैंसीले आतंक मच्चाएपछि गोली हानी मारिएको छ । सोही ठाउँका मुबारक हुसेनले काट्न ल्याएको भैंसीले आतंक मच्याएपछि शनिबार प्रहरीको सहयोगमा गोली हानी मारिएको हो ।
उक्त भैंसी रामकुमार श्रेष्ठको फर्निचरमा पसेको थियो । स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएपश्चात् प्रहरीले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर तीन राउण्ड गोली हानेको बताइएको छ ।