दमाैली । औषधि व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दयाराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् । सङ्घको आज दमौलीमा सम्पन्न पाँचौ अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा सुन्दर बस्याल, थोक उपाध्यक्षमा विनोद अधिकारी, खुद्रा उपाध्यक्षमा सूर्यबहादुर थापा, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा देवीभक्त राना, सचिवमा ऋषिकान्त गिरी र उपकोषाध्यक्षमा धर्मदत्त पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पदमराज श्रेष्ठ, उत्तमकुमार वैद्य र मनु थापा चयन हुनुभएको निर्वाचन संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए।