गीतकार काैडालकाे शब्दमा अजम्बरी नाता सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    गीतकार काैडालकाे शब्दमा अजम्बरी नाता सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०८०, सोमबार

    दमाैली । गीतकार,रचनाकार र लेखक दुर्गानीधि कौडाल (नवराज) काे शब्द रहेकाे “अजम्बरी नाता” बोलको आधुनिक गीत सार्वजनिक भएकाे छ । कौडालको रचना रहेको साथै निर्देशक सुबास जिसीद्वारा निर्देशित उक्त गीतकाे भिडियाे सार्वजनिक भएकाे हाे ।

    गीतमा स्वरुपराज आचार्यको स्वर र सुर्य दयालुको संगीत रहेको छ । उक्त गजलको रेकर्डिङ राजेश ए वान स्टुडियो पुतलीसडकले गरेको छ भने यसको निर्माण दिनेश सदासंकरले गरेका हुन् । भिडियोमा सिल्पा पोख्रेल र बिश्नु सदास‌‌करकाे अभिनय छ ।

    टोखा नगरपालिका बस्दै आएका कौडालले सांगीतिक क्षेत्रमा पनि पाईला चालेका छन् । यस अघि उनको रचनामा आधुनिक गजल ‘भन्छन् नि दुनियाँले’, रोईला गीत ‘चलुबुले’ र लोकतथा आधुनिक गीत ‘मर्म’ बजारमा आइसकेकाे छ । यस अघिको गीतलाई दर्शक तथा श्रोताले निकै मन पराएका कारण आफूलाई हाैसला मिलेकाे उनी बताउँछन् ।

    साईप्रसमा पढाईसँगै रोजगारीलाई पनि अगाडी बढाउँदै आएका कौडाल अहिले नेपाल आएर विभिन्न कलेजमा अङ्रेजी अध्यापन गराउँछन् ।