दमौली । नेकपा (एकीकृत समाजवादी) तनहुँले दुई महिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौं पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो ।
पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले जानकारी दिए ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको सिद्धान्तका बारेमा प्रष्ट पारेका थिए ।
पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले समसामयिक विषयमा चर्चा गरेका थिए ।