ऑबुखैरेनीका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८०, मंगलवार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिकामा सोमबार बसेको सबै विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आगामी शैक्षिक शत्रमा प्रधानाध्यापक, शिक्षक र कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

    गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुंवरले जानकारी दिइन् ।

    गाउँपालिकाका जनप्रतिनिधिहरुले विसं २०७९ सालको शैक्षिक शत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गरेका थिए । गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरुले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।