सरस्वती बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरस्वती बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८०, सोमबार

    काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सरस्वती बहुमुखी क्याम्पस इकाई कमिटिको एतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

    अधिवेशनबाट अमिर कुतालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

    कार्यक्रममा सरस्वती बहुमुखी क्याम्पस स्ववियु सभापति मुस्कानराज गौतमले क्याम्पसमा यस संगठनबाट सकरात्मक साथ, सहयोग र विद्यार्थीको हक हितमा एकजुट हुनुपर्ने बताए ।

    साथै रा.प्र.वि.सं. सरस्वती बहुमुखी क्याम्पस कमिटीका निवर्तमान अध्यक्ष कमल सिंखडाले यस संगठनलाई यहाँसम्म ल्याउन निकै ठूलो संघर्ष र त्याग गर्नुपरेको र नयाँ बनेको कार्य समितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।