बलात्कार र हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बलात्कार र हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८०, बिहीबार

    दमौली । महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालले बलात्कार र हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने भन्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सञ्जालकी अध्यक्ष कल्पना पौडेलले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै मानव अधिकार विरुद्ध बढ्दो दण्डहिनता अन्त्यका लागि सरकारको ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिइन् ।

    अहिले नेपालमा दिनहुँजसो जघन्य अपराधका घटना भइरहेको भन्दै यस्ता किसिमका घटनाले लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने सम्पूर्ण नेपालीको शिर झुकेको उल्लेख गरिएको छ ।