सरकारले थप्यो सहिदको सूची, तनहुँका तीन समेटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारले थप्यो सहिदको सूची, तनहुँका तीन समेटिए

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८०, शनिबार

    दमौली । सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।

    विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

    जसअनुसार तनहुँका तीन जना सहिदको सूचीमा समेटिएका छन् । भिमाद-४ का राजु शर्मा, भानु-७ का खड्कबहादुर गोदार र व्यास-११ का चन्द्रबहादुर सार्की सहिद घोषणा भएका छन् । शर्माले विसं २०६२ साउन ६, गोदार र सार्कीले २००७ माघ १ गते सहादत प्राप्त गरेका थिए ।