राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य खड्काद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य खड्काद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८०, आईतवार

    दमौली । राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य विष्णुबहादुर खड्काले आइतबार पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको भवनमा रहेको कार्यालयमा खड्काले पदभार ग्रहण गरेका हुन् ।

    त्यसअघि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले खड्कालाई शपथग्रहण गराएका थिए । खड्का गत फागुन ११ गते विज्ञ सदस्यमा नियुक्त भएका थिए ।

    नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य खड्काले भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने बताए ।

    आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।