राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उठाउने माओवादी निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उठाउने माओवादी निर्णय

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८०, आईतवार

    काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए। 

    दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन्।

    उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन्। नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।

    राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी थिए।