दमौलीमा अभियान कृषि सहकारीको शाखा विस्तार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा अभियान कृषि सहकारीको शाखा विस्तार

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८०, शुक्रबार

    दमौली । पोखरामा मुख्य कार्यालय रहेको अभियान कृषि सहकारीले दमौलीमा शाखा विस्तार गरेको छ । पोखराकै तालचोकमा पहिलो शाखा विस्तार गरिसकेको सहकारीले दोस्रो शाखा दमौलीमा खोलेको हो ।

    शाखाको बिहीबार उदघाटन गर्दै तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले विपन्न वर्गका जनतालाई सहकारीमा जोड्नपर्ने बताए ।

    दमौली शाखा प्रबन्धक रनिल रोकाले कृषिमा आबद्ध सदस्यहरुलाई सेवा दिने उद्धेश्य सहित शाखा खोलिएको जानकारी दिए ।

    सहकारीका मुख्य कार्यालयका अध्यक्ष विष्णुहरि न्यौपानेले कृषि कार्यको प्रयोजनका लागि सहकारीले ऋण उपलब्ध गराउँदै आएको बताए ।