भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८०, सोमबार

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्।

    मन्त्री नियुक्तिसँगै सोमबार नै सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए।

    उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए।

    संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दल नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ।