पोखराको कॉहुडॉडामा लागेको आगो नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखराको कॉहुडॉडामा लागेको आगो नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८०, मंगलवार

    पोखरा । पोखरा बजारदेखि पूर्वतर्फ रहेको काहुँ डाँडामा सोमवार राती लागेको भीषण आगलागी नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ।

    सोमवार साँझ करिब साढे आठ बजेदेखि सल्किएको डढेलोले तुरुन्तै भीषण रूप लिएको थियो।कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जंगलबाट सल्किएको आगो नियन्त्रणमा आएको बताए।

    उनले भने: “अझै पनि केही स्थानमा आगो बलिरहेको छ। तर बस्तीमा आगो आउने जोखिम भने टरेको छ।”आगलागीबाट बस्तीमा भने कुनै क्षति नपुगेको उनको भनाई छ।आगो नियन्त्रणमा लिन दमकल सेवाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीहरू जुटेका थिए।

    सोमवार के भयो?जङ्गलमा बलिरहेको आगो बस्तीमा सल्कन सक्ने जोखिमलाई ध्यानमा राखेर दमकल सहितको टोली आगलागीस्थल नजिकै खटिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमवार बताएका थिए।

    पोखराको मणिपाल अस्पताल र काहुँडाँडामा दमकल तयारी अवस्थामा राखिए पनि आगलागी भएको स्थानसम्म दमकल पुग्न सक्ने अवस्था नरहेको बताइएको थियो।

    तर बस्तीनजिकै आलो देखापरेपछि अवस्था चिन्ताजनक बनेको थियो।बस्तीमा आगो आउन नदिन अग्निरेखा बताएका कारण आगोबस्तीसम्म आउन नसकेको डीएसपी विक बताउँछन्।