जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई खुल्लापत्र !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई खुल्लापत्र !

    संगम सापकोटा

    ८ चैत्र २०८०, बिहीबार

    विषय : अनसन चौतारी दमौलीमा हचुवाको भरमा राखिएको जेब्राक्रस बारे

    महोदय, प्रस्तुत विषयमा व्यास नगरपालिका-३ अनसन चौतारीस्थित पश्चिमतर्फ रहेको जेब्राक्रस जुन राष्ट्रपति सभाहल उदघाटन गर्न आउने अघिल्लो दिन रातारात प्रशासन चोकतिर तीन ठाउँमा जेब्राक्रस बनाइएकामा ट्राफिक नियमको उल्लघंन गरी जहॉ मान्छे वारपार गर्ने ठाउँ नै छैन, चौतारो छ त्सहॉ हचुवाको भरमा बाटोमा सेतो धर्का पोतेर कथित जेब्राक्रस बनाइएको छ । जहॉ आम जनताले मोटरसाइकल वा गाडी पार्किङ गर्ने गरेकामा ट्राफित कार्यालयको घुम्ती टोलीले साधन लक गरिदिइ चिट काटेर अनावश्यक दुख दिइरहेको गुनासो सर्वत्र आइरहेको छ। ट्राफिक प्रहरीले अनुपयुक्त ठाउँमा जेब्रा क्रस राखी पासो थापेझै गरी पैसा कमाउने गजबको काम गरेको रहेछ भना पीडित जनताहरुले आक्रोश व्यक्त गरेकाले यहॉको स्थगलगत निरीक्षण गरी अविलम्ब हटाइ पाउ भनी पीडितहरुको प्रतिनिधिपात्रको रुपमा यो खुल्ला पत्र लेख्ने काम भएको छ । यसबारो आफ्नो प्रतिक्रिया सहित सुधार गरी पाउन अनुरोध छ ।