१२ औं आदर्श तथा सातौ तारा स्मृति कप चैत २० देखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    १२ औं आदर्श तथा सातौ तारा स्मृति कप चैत २० देखि

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८०, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा चैत २० देखि २४ गतेसम्म १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि क्लवले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अक्षय कायस्थले जानकारी दिए । प्रतियोगितामा पहिलो १६ टिमको दर्तालाई मात्रै मान्यता दिइने उनले बताए । कुनैपनि क्लव, सङ्घसंस्थाको एकभन्दा बढी टिम दर्ता नहुने उनले बताए ।

    प्रतियोगितामा विजेताले रु ७५ हजार र उपविजेताले रु ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

    क्लवले विगत २०६८ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । तनहुँ फुटबलको इतिहासमा बाह्र वर्षसम्म अनवरत रुपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमूना क्लवमात्रै रहेको दावी गरिएको छ।