भरत बस्नेतलाई पृथ्वी पुरस्कार प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरत बस्नेतलाई पृथ्वी पुरस्कार प्रदान

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८०, मंगलवार

    काठमाडाै । यो वर्षको पृथ्वी पुरस्कार भरत बस्नेतले पाएका छन् । पर्यटन व्यवसायी तथा समाजसेवी बस्नेतलाई शनिवार गोरखा सदरमुकाममा एक कार्यक्रमका बीच एक लाख राशीको पुरस्कार सहित सम्मान गरिएको हो ।

    पालुङटार नगरपालिका–३ स्थायी घर भई हाल बेलायत बस्दै आएका भरत रोका क्षेत्रीले बस्नेतलाई पुरस्कार प्रदान गरेका हुन् । बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष समेत रहेका क्षेत्रीले गत पुष २७ गते ३०२ औँ पृथ्वीजयन्तीको अवसरमा पुरस्कारको घोषणा गरेका थिए ।

    ‘म त्यतिबेला बेलायत थिए, त्यही समयमा पुरस्कार घोषणा गरेको थिए,’ उनले भने, ‘नेपाल आएर आज कार्यक्रमको आयोजना गरी उहाँलाई पुरस्कार वितरण गरे ।’ संयुक्त राष्ट्रवादी नेपाली संगठनद्धारा पुरस्कार वितरण गरिएको हो । संगठनले कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको, पृथ्वीनारायण शाहको बारेमा लेख रचनाहरू लेख्ने र विभिन्न क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको व्यक्तिलाई विगत ३ वर्षदेखी पृथ्वी पुरस्कारबाट सम्मान गर्दै आएको छ ।

    यसअघि डा. राजेश अहिमराज र सुरेन्द्र केसी पुरस्कृत भइसकेका छन् । पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पु¥याएको योगदान तथा उनका दिव्योपदेशका बारेमा अझै धेरै छलफल र बहसहरू हुनुपर्ने बताए । विद्यालयका पाठ्यपुस्तकमा नेपाल एकीकरणमा शाहको योगदानको बारेमा विस्तृत रुपमा समेटिनुपर्ने उनले जानकारी दिए ।