नेपालद्वारा आयरल्याण्ड ७१ रनले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालद्वारा आयरल्याण्ड ७१ रनले पराजित

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८०, मंगलवार

    काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो ।

    नेपालले १९औँ ओभरको अन्तिम तीन बलमा तीन विकेट लिएपछि आयरल्यान्ड १२७ रनमै समेटिएको हो । सोमपाल कामीले गरेको उक्त ओभरको पहिलो बलमा लियम म्याकार्थी बोल्ड, दोस्रो बलमा बेन ह्वाइट ‘कट एन्ड बोल्ड’ र तेस्रो बलमा ग्यारेथ डेलानी रनआउट भए । 

    आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले २६ रन बनाए । मोर्गन टोपीङले २१ र क्याड कार्मिचेलले १८ रन थपे । यस्तै, रोस अडाएर र कप्तान नेइल रकले समान १७ रन जोड्दा ग्यारेथ डेलानीले १५ रन बनाए । 

    नेपालका सोमपाल र कुशल मल्लले समान तीन विकेट लिए । यसबाहेक करण केसी, विवेक यादव, सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।